माग पुरा नभए सरकार ढल्छ:जेनजी अभियान्ता गुरुङ

जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितका माग तत्काल पूरा नभए सरकार ढाल्ने चेतावनी दिएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा गुरुङले शहीद परिवारको माग भोली (सोमबार) बिहानसम्म सुनिश्चित नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएका हुन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनको यो प्रतिक्रिया आएको हो ।

‘हाम्रो माग अझै पनि पूरा भएको छैन । जारी छ । म एक्लै भएपनि आन्दोलन जारी छ । मलाई इण्डियन, चाईनिज जे भनेपनि मेरो निम्ति देश ठूलो हो, लडछु । भोली बिहानसम्म उनीहरुको माग पूरा हुन्छ । माग पूरा नभए सरकार फेरी पनि ढल्छ । जुन सरकार पनि जनताको हुनुपर्छ ।’ अभियन्ता गुरुङले भने, पिपुल पावर भन्छ, पावर जहिले पनि नेताको हुन्छ । अहिले जनताको एक्सेस भएको छ । त्यो कहिल्यै यस अघि भएको थिएन । पीडितले न्याय पाउने कुरा कन्फर्म त भएको छैन । त्यो नभएसम्म जुनै सरकार आएपनि ढल्छ । टेनसन नलिए हुन्छ । म छु–एक्लै भएपनि लड्छु ।’

कार्यक्रममा शहीद परिवारका सदस्यहरुले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । शहीद प्रविण कुलुङका दिदी अनिता कुलुङले सो आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्री कार्कीसँग माग ग गरिन्।
उनले भनिन्, ‘हाम्रो आमा हामीलाई साथ दिन सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । पक्कै पनि एउटा आमाले आमाले पीडा बुझ्छन् । र उहाँले हामीलाई निकासको लागि यत्रो जुन बलिदानी भएको छ । अबोध बालबालिकाहरुको हत्या गरेको छ । यसको छानविन गरी दोषीलाई हदसम्मको सजाय दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । त्यो होस भन्नेमा पनि माग गर्न चाहन्छौं । नभएको खण्डमा हामी चुप लागेर बस्ने छैनौं ।’

सरकारले आजै सो आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गरी उनीहरुलाई जनही १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।

Share
Scroll to Top