हमासद्वारा नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि

७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।

संघर्षविराम सम्झौता अन्तर्गत २० जना जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।

हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम छ।

प्यालेस्टिनी सशस्त्र समूह हमासले करिब दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ।

७३८ दिनदेखि बन्धक बनाइएका जोशीको शव हमासले आजै (सोमबार) इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ। यसअघि उनको अवस्था अज्ञात मानिँदै आएको थियो।

संघर्षविराम सम्झौता अन्तर्गत २० जना जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेपछि हमासको सैन्य शाखाले जोशीसहित चार जनाको शव हस्तान्तरण गर्न लागेको हो।

हमासले सार्वजनिक गरेको सूचीमा विपिन जोशीसँगै इजरायली नागरिक गाइ इलोज, योसी शराबी र सैनिक अधिकारी क्याप्टेन डेनियल पेरेजको नाम छ।

Share
Scroll to Top