एमालेले आसन्न महाधिवेशन मंसिरको अन्तिममा गर्ने

नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।


आइतबार बसेको चिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


उनका अनुसार एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,।स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेदेखि शुरु हुँदैछ ।

Share
Scroll to Top