क्रान्तिकारी कम्न्युनिस्ट पार्टीबाट मोहन वैद्यले दिए राजिनामा ,पार्टीको नेतृत्व सिपी गजुरेललाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्।

शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणको राजीनामा स्वीकृत गरी वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई महासचिव बनाएको छ ।

किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लाम समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए।

किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए।

Share
Scroll to Top