सुजन लामाले नेतृत्व गरेको एनआरएन पोर्चुगलले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम विशेष रुपमा सम्पन्न

पोर्चुगलमा क्रियासिल मध्ये एक सुजन लामाले नेतृत्व गरेको गैर आवासिय नेपाली संघ पोर्चुगलले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम विशेष रुपमा सम्पन्न गरेको छ।

पोर्चुगलको चर्चित पार्क बेलाबिस्ता पार्कमा १९ अक्टोबर आइतबार सो कार्यक्रम गरिएको थियो।

नेपालमा परम्परागत सांस्कृतिक गीत ,पुर्खेली विशेष नाच,नेपालीत्व झल्काउने देउशी भैलो कार्यक्रमको समेत आयोजना गरिएको थियो।

सो अवसरमा विभिन्न संघ- सस्थाका प्रतिनिधि ,पत्रकार व्यबसायी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Share
Scroll to Top