अक्टूबर २२ तारीख बुधबारका दिन पत्रकार महासंघ यूरोप शाखाले महान चाड दशै तिहार,नेपाल सम्वत, छठ पर्वकों उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भर्चुयल जूम मार्फत सम्पन्न गरेको छ।
महासंघका अध्यक्ष केजिन राईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
भर्खरै जेनजीको आन्दोलन र खराब मौसमले अहिलेको अवस्थामा राष्ट्रले भोगेको अपुरणीय क्षतीका कारण प्रवासी मनहरु दुखेकोले बिगत झै यस बर्ष धेरै खुसियाली मनाउन असहज भएको भएता पनि महान चाडहरुलाई सम्झेर निरन्तरता दिँदै कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष केजिन राईले आफ्नो धारणा राखेका थिए ।
गैर आवासीय नेपाली सॅघ अन्तराष्टिय समन्वय समितीका प्रवक्ता गॅगाधर गौतम,गैर आवासीय नेपाली सॅघ अन्तराष्टिय समन्वय समितीका उपाध्यक्ष लोक प्रशाद दाहाल,जन प्रगतिसील मॅच युरोप को उपाध्यक्ष कल्पना मगर, मन्च कै बेल्जियम अध्यक्ष मनिस गुरूंग , एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष सीता सापकोटा,जनसम्पर्क समिति बेल्जियमका सभापति शुवास गुरुङ,नेपाल समाज एसोसिएसन कोस्टाब्लाङका स्पेन अध्यक्ष केशर बहादुर थापाको उपस्थिति रहेको थियो।
त्यस्तै एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थि,एनआरएन पोर्युगलका अध्यक्ष सुजन मोक्तान,नेपाल ब्यबसायी सॅध बेल्जियम अध्यक्ष चिरण खवास,सॅस्थाका दउपाध्यक्ष दिल निशानी मगर,द्रोण रिजाल,उपमहासचिव असिम लोक्चन तामाङ,प्रेस यूनियन नेपालका अध्यक्ष शिव लम्साल,पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटा,नेपाल अमेरिकी पत्रकार संघका अध्यक्ष शूरज भण्डारी लगायतका आमंत्रित अतिथिहरु लगायत सहभागीहरुले शुभकामना मन्तब्य राखेका थिए ।
प्राविधीक समस्याका कारणले जुममा जोडीन असुबिधा भएको जनाउॅदै केन्द्रीय पदाधिकारी लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष साथै पदाधिकारीहरुले वाक्सअप,मेसेन्जर र फोनकल मार्फत शुभकामना संदेश पठाएको अध्यक्ष राईले शुभकामना कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रम संचालन महासंघका उपमहासचिव असीम लोप्चन तामाङले गरेका थिए।
