किरात राई सोसाइटी बेल्जियम द्वारा तिहारको शुभकामना सहित देउसी भैलो कार्यक्रम सम्पन्न

काजाब्लांका , क्यासेल्लो बेल्जियम : तिहारको अबसरमा किरात राई सोसाईटी बेल्जियमले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम मनोरंजनपूर्ण रूपमा सम्पन्न गरेको छ ।


लुभेन क्यासेल्लो स्थित काजाब्लांकामा सम्पन्न शुभकामना आदान प्रदान तथा देउसी भैलो भाई तिहार कार्यक्रममा कलाकारहरू मोना ,ममता , सोनिया , उषा, निषा ,स्मृती गोपाल लगायतले देउसी भैलो तथा नृत्य प्रस्तुत गरेका थिए।


कार्यक्रममा समाजकी अध्यक्ष इन्दिरा राई , संरक्षक मुना राई , सदस्यहरू गोपाल साम्पांग ,राजेन राई , मदिप राई ,लिना राई , मोनी कुलुंग , श्रेया राई , नबिना थुलुंग , किम चामलिंग , एकाउन्टेन्ट खिम गुरुङ ,सुम्निमा राई लगायतले शुभकामना साटासाट गरेका थिए।


कार्यक्रममा तामांग समाज बेल्जियम अध्यक्ष लालिंग तामांग , मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर , जनप्रगतिशिल मन्च बेल्जियम अध्यक्ष मनिस गुरूंग , तमु समाज बेल्जियमकी पूर्ब अध्यक्ष तथा सल्लाहकार संगिता गुरूंग ,हिमालयन शेर्पा कल्चर सेन्टरका सल्लाहकार लाक्पा शेर्पा , क्षत्री समाज बेल्जियमका राम क्षेत्री लोकान्तर पत्रिकाका डेस्क सम्पादक गगन अर्याल लगायतले शुभकामना भनेका थिए।


सेलरोटी , आलुदम चाना ,गुन्द्रुकको अचार , कोदोको रस लगायतको नेपाली परिकार सहित रमाईलोमा झुमेका थिए भने ब्यबस्थापनमा मोना गुरूंग , ममता सबल , मानु ,चन्द्र लामा लगायतले ले सहभागिता सहभागिता जनाऊनु भएको थियो।

Share
Scroll to Top