नेपाल प्रिमियर लिग–एनपीएलको प्रसारण कान्तिपुर म्याक्स टीभीबाट हुने भएको छ।
नेपाल क्रिकेट संघ–क्यानले नेपाल प्रिमियर लिग– एनपीएल २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई प्रदान गरेको हो ।
क्यानले प्रतियोगिताको एक दिनअघि मात्रै नेपालभित्र प्रत्यक्ष प्रसारणका लागि टेलिभिजन अधिकारको घोषणा गरेको हो। योसँगै अब नेपालमा कान्तिपुर म्याक्सबाट एनपीएल हेर्न पाईनेछ।
