बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।
हसिनासँगै र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ ।
अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन हुन् ।
७८ वर्षीया हसिनाले गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउन घातक कारबाहीको आदेश दिएको आरोपमा अभियोजन गरिएको थियो।
