नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्व माथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन्।
तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।
उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ। ढालिनेछ यो सरकार ।’
अहिले आफ्नाविरुद्ध मिडिया ट्रायल भैरहेको ओलीले टिप्पणी गरे । एमालेलाई छुने र जिस्काउने काम नगर्न ओलीले चेतावनी दिए ।
‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरुको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ ।’ ओलीले भने, ‘देशभरीबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महंगो पथ्र्यो भने एमालेलाई छुनु महंगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ। गरेर देखाउनुपर्दछ ।’
