एप्स्टिन काण्डमा ३० लाख पानाका सनसनीपूर्ण दस्ताबेज सार्वजानिक

अमेरिका लगायत सिंगो विश्वमानै बहुप्रतिक्षित मानिएको एप्स्टिनसँग सम्बन्धित काण्डका ३० लाख भन्दा बढी पानाका गोप्य फाइलहरु सार्वजानिक गरिएको छ। अमेरिकी न्याय विभागले दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित यि गोप्य फाइलहरू सार्वजनिक गरेको हो।

सन् २०२४ मा जारी गरिएको नयाँ कानुनपछि सरकारले सार्वजनिक गरेको यो अहिलेसम्मकै ठूलो दस्ताबेजको संग्रह हो। शुक्रबार सार्वजनिक गरिएका यी फाइलहरूमा १८०,००० तस्बिर, २,००० भिडियो र एप्स्टिनका शक्तिशाली साथीहरूसँग भएका इमेल संवादहरू समावेश रहेको जनाइएको छ।

बेलायती राजपरिवार र ‘द ड्यूक’सँगको सम्बन्ध

सार्वजनिक दस्ताबेजअनुसार एप्स्टिनको बेलायतका सम्भ्रान्त वर्गसँग निकै नजिकको सम्बन्ध रहेको प्रमाणहरु यि फाइलमा रहेका छन्। इमेलहरूमा ‘द ड्यूक’ (प्रिन्स एन्ड्र्यु) सँग बकिङ्घम प्यालेसमा गोप्य रूपमा डिनर गर्ने विषयमा छलफल भएको देखिन्छ।

एप्स्टिनले ‘द ड्यूक’ लाई एक २६ वर्षीया रसियन युवतीसँग परिचय गराइदिने प्रस्ताव समेत गरेका थिए। यद्यपि, ती इमेलहरूले कुनै पनि गलत कार्य भएको ठोस पुष्टि भने गर्दैनन्।

डोनाल्ड ट्रम्प र बिल गेट्समाथि गम्भीर आरोप

यी दस्ताबेजहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सयौँ पटक उल्लेख गरिएको छ। एफबीआईलाई आएका विभिन्न उजुरीहरूमा ट्रम्पमाथि यौन दुर्व्यवहारका आरोपहरू लगाइएको छ, तर न्याय विभागले ती आरोपहरूलाई ‘आधारहीन र कपोलकल्पित’ भन्दै खारेज गरिदिएको छ। ट्रम्पले एप्स्टिनसँगको आफ्नो पुरानो मित्रता धेरै पहिले नै टुङ्गिएको बताउँदै आएका छन्।

त्यस्तै, माइक्रोसफ्टका संस्थापक बिल गेट्सको बारेमा पनि केही विवादास्पद इमेलहरू फेला परेका छन्। एप्स्टिनका इमेलहरूमा गेट्सलाई यौन रोग लागेको र उनले रसियन युवतीहरूसँग सम्बन्ध राखेको दाबी गरिएको छ। गेट्सका प्रवक्ताले यी दाबीहरूलाई ‘पूर्णतया असत्य र वाहियात’ भन्दै एप्स्टिनले बदला लिन यस्तो झुटो प्रचार गरेको बताएका छन्।

त्यस्तै पिटर म्यान्डलसन अर्थात बेलायती राजनीतिज्ञ म्यान्डलसनका श्रीमानलाई एप्स्टिनले १०,००० पाउण्ड पठाएको खुलासा भएको छ। म्यान्डलसनले एप्स्टिनको जेल सजायका क्रममा उनको घरमा बस्न अनुमति समेत मागेको देखिन्छ।

एप्स्टिनले जेलमा बिताएको समय, उनको मनोवैज्ञानिक अवस्था र रहस्यमय मृत्युका बारेमा अनुसन्धान गरिएका रेकर्डहरू पनि सार्वजनिक भएका छन्।

त्यस्तै एप्स्टिनलाई किशोरीहरूको तस्करीमा सघाउने मुख्य सहयोगी गिस्टन म्याक्सवेलका बारेमा पनि नयाँ तथ्यहरू बाहिर आएका छन्। डेमोक्र्याटिक सांसदहरूले अझै पनि करिब २५ लाख पाना दस्ताबेजहरू सरकारले लुकाएको आरोप लगाएका छन्।

न्याय विभागका उप-महान्यायाधिवक्ता टोड ब्लान्चले भने यो प्रक्रिया अब सकिएको र पीडितहरूको गोपनीयता जोगाउन केही अंशहरू हटाएर फाइलहरू सार्वजनिक गरिएको दावि गरेका छन्।
एप्स्टिनको यो काण्डले विश्वका शक्तिशाली व्यक्तिहरू कसरी एउटा यौन अपराधीको सञ्जालमा जोडिएका थिए भन्ने कुरालाई पुनः सतहमा ल्याइदिएको छ।

Share
Scroll to Top