इरानमाथी अमेरिकाले अन्तिम प्रहार गर्ने तयारी,पुनः युद्धको खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य रणनीतिबारे उच्चस्तरीय जानकारी प्राप्त गरेको खुलासा भएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (Centcom) का कमाण्डर एडमिरल ब्राड कुपर र संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले बिहीबार सम्भावित सैन्य विकल्पबारे जानकारी गराएको बताइएको छ।

रिपोर्टअनुसार छलफलमा “छोटो तर शक्तिशाली” आक्रमणमार्फत इरानको पूर्वाधारमा प्रहार गर्ने, विश्वको महत्वपूर्ण तेल मार्ग स्ट्रेट अफ हर्मुजको केही भाग नियन्त्रणमा लिने, तथा इरानको समृद्ध युरेनियम भण्डारण सुरक्षित गर्न विशेष फौज परिचालन गर्ने योजना समेत समावेश छन्।


यसअघि ट्रम्पले अमेरिका इरानसँगको युद्धमा “पहिले नै जितिसकेको” दाबी गर्दै, अझ ठूलो जित हासिल गर्न चाहेको बताएका थिए। उनले इरानको नौसेना, वायुसेना र रक्षा प्रणाली ध्वस्त पारिएको दाबी समेत गरेका छन्।

तर यता अमेरिका अझै स्ट्रेट अफ हर्मुज क्षेत्रमा दबाब कायम राख्दै आएको छ, जसले विश्व व्यापार र तेल आपूर्तिमा थप तनाव सिर्जना गर्न सक्ने देखिएको छ।


यसैबीच, अमेरिकाले आफ्नो अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रणाली “डार्क इगल (Dark Eagle)” समेत तैनाथ गरेको खबर बाहिरिएको छ, जसले क्षेत्रीय तनाव झनै चर्काउने संकेत दिएको छ।

Share
Scroll to Top