विश्वकपको क्वाटरफाइनलमा कुन-कुन टिम पुगे,यस्तो छ समीकरण

विश्वकप फूटबलकाे क्वार्टरफाइनल समीकरण पूरा भएको छ।  दुई खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। 
फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन्। बाँकी ४० टोली विश्वकप २०२६ बाहिरिएका छन्। 


गएराति भएको खेलमा अर्जेन्टिनाले इजिप्ट रअर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गरे । अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन्।

 
क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले स्थान बनाए छन्। 
जारी विश्वकपको सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा पनि विश्वकबाट बाहिरिएका छन्।

त्यसैगरी पाँच पटकको विश्व विजेता ब्राजिल, पोर्चुगल, जर्मनी जस्ता देश पनि प्रतियोगिताबाट बाहिरिएका छन्। क्वाटरफाइनलका खेल बिहीबार रातिदेखि सुरु हुनेछन् ।

Share
Scroll to Top