भारतले आफ्नो टी-२० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक रन चेजको कीर्तिमान बनाएको छ। न्युजिल्यान्डविरुद्ध बिहीबारबाट सुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा ४ विकेटको जित निकाल्ने क्रममा भारतले कीर्तिमानी रन चेज गरेको हो।
यसअघि भारतले २०२३ मा अस्ट्रेलियाविरुद्ध २ सय ९ रनको लक्ष्य चेज गरेको थियो। जुन उसको टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन चेजका रुपमा रहेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २५ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा भारतले उक्त लक्ष्य २ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा सञ्जु सामसनले ६७ रन बनाउँदा कप्तान श्रेयस अय्यरले ४२ रन बनाए। त्यस्तै, नमन धिर १५ बलमा ४२ रन बनाएर अविजित रहँदा थप दोहोरो स्कोरका रुपमा अक्षर पटेलको २४ रन रह्यो। अभिषेक शर्माले २९ रन बनाएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४० बलमा ८२ रनको अविजित इनिङ्स खेल्दा फिन एलनले ४५ रन बनाए। त्यस्तै, टिम सेफर्टले २४ रन बनाउँदा ड्यारी मिचेलले २८ रन बनाएका थिए। त्यस्तै, बेभन ज्याकब्सले ३१ रन बनाएका थिए।
