शेर्पा किदुग पोर्चुगलको आयोजनामा भब्य रुपमा ग्याल्पो लोसार पर्व मनाइने

H.B Tamrakar :पोर्चुगलस्थित नेपाली समुदायले नेपालीहरूको महत्वपूर्ण राष्ट्रिय चाड ग्याल्पो लोसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो – सर्प वर्ग) विशेष सांस्कृतिक कार्यक्रमको साथ भव्य रूपमा मनाउने भएका छन्।

शेर्पा किदुग पोर्तुगलको आयोजनामा आगामी मार्च ३० तारिख साँझ ५ बजे लिस्बनस्थित Wok Mundo (City Wok), Av. Columbano Bordalo Pinheiro 70 मा यो कार्यक्रम हुन लागेको हो।

पोर्तुगलमा रहेका नेपालीहरूको संस्कृति, परम्परा तथा एकताको भावनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको “लोसार साँझ सांस्कृतिक कार्यक्रम” मा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत नृत्य, मनोरञ्जनात्मक कार्यक्रमहरू तथा नेपाली परिकारहरूको विशेष व्यवस्था गरिने आयोजकहरूले जनाएका छन्।

नेपाली समुदायलाई एकत्रित गर्न डिएस शेर्पाको योगदान

यो भव्य सांस्कृतिक कार्यक्रमलाई थप विशेष बनाउन नेपाली समुदायका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी, किदूगको सल्हाकार धनराज शेर्पा डिएसको महत्वपूर्ण योगदान रहेको छ। व्यवसायिक क्षेत्रका साथै समाजसेवामा समेत सक्रिय डिएस शेर्पा नेपाली संस्कृति, परम्परा तथा आपसी मेलमिलापलाई प्रवर्द्धन गर्न निरन्तर क्रियाशील रहँदै आएका छन्। नेपाली समुदायलाई एकताबद्ध गर्दै परम्परागत चाडपर्वलाई भव्य रूपमा मनाउने अभियानमा उनको भूमिका सराहनीय रहेको छ।

सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह

यस लोसार साँझ सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपाली संस्कृतिको जगेर्ना गर्न तथा आपसी सद्भाव बढाउन पोर्तुगलवासी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रममा सहभागिता जनाउन उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न सकिने छ।

सम्पर्क:

📞 राजेन्द्र शेर्पा: 920 314 343
📞 डेन्डी शेर्पा: 920 168 443
📞 पेमा डोमा शेर्पा: 920 380 070

यस विशेष कार्यक्रमको सफलताका लागि आयोजक समिति, नेपाली समुदायका अग्रज व्यक्तित्वहरू, व्यवसायीहरू तथा समाजसेवीहरूले उल्लेखनीय भूमिका खेल्दै आएका छन्। लोसार पर्वको उल्लासमा रमाउन र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न सबैलाई कार्यक्रममा उपस्थित भई साथ दिन सम्पूर्ण पोर्चुगलबासी नेपालीहरुलाई सस्थाका अध्यक्ष राजेन्द्र शेर्पाले विशेष अनुरोध समेत गरेका छन्।

Share
Scroll to Top