इरानद्वारा पुनः इजरायलतर्फ दर्जनौं क्षेप्यास्त्र प्रहार

इरानले फेरि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको अन्तरराष्टिय सञ्चार माध्यमले जनाएका छन् । 

आईडीएफले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ, त्यसपछि यी क्षेत्रमा हवाई साइरन बज्न थालेका छन्।

आईडीएफका अनुसार, क्षेप्यास्त्र आक्रमणपछि लाखौँ इजरायली नागरिक सुरक्षित स्थानमा जानुपरेको छ ।

यसैबीच इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले मंगलबार बिहान तेहरानमा धेरैवटा विस्फोट भएको पुष्टि गरेको छ।

इरानी सञ्चारमाध्यमले तेहरानमा धेरै विस्फोट भएको र हवाई रक्षा प्रणालीले ठूलो गोलीबारी गरेको उल्लेख गरेको रोयटर्सले जनाएको छ।

Share
Scroll to Top