नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले शुभकामना आदानप्रदान सहित बृहत सांस्कृतिक कार्यक्रम गर्ने

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले शुभकामना आदानप्रदान सहित बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

तामाङ समुदायको परम्परागत पर्व सोनाम ल्होछारको अवसरमा नेपालका चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति रहनेछ भने मेरो भ्वाइस युनिभर्सका प्रतियोगी गायक नवाङ लामाले पनि पहिलो पटक पोर्चुगलमा बेजोड प्रस्तुतिले दर्शकलाई छमछमी नचाउने छ्न।

त्यस्तै अन्य चर्चित कलाकारको साथमा कार्यक्रम थप रोचक बन्ने समाजले जनाएको छ।खासगरी तामाङ समुदायको मौलिक परम्परा ,संस्कृति र कलालाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

सो कार्यक्रम आगामी जनवरी २५ तारिख आइतबारका दिन पोर्चुगलको चर्चित स्थान Repulica da Musica Lisbon हुने संघले औपचारिक सूचना मार्फत जानकारी गराएको छ।

Share
Scroll to Top