पोल्याण्डमा Zakład Ubezpieczeń Społecznych (ZUS) द्वारा सन् २०२५ सम्मको तथ्यांक सार्वजनिक

पोल्याण्डको Zakład Ubezpieczeń Społecznych (ZUS) ले सन् २०२५ अन्त्य सम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। सो तथ्याङ्क अनुसार पोल्याण्डमा सामाजिक बीमा (पेंशन तथा अन्य बीमा) मा दर्ता भएका विदेशी नागरिकहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ।

त्यस मध्ये नेपालिहरुको पनि उल्लेखनिय रुपमा ZUS मा दर्ता भएको पाइएको छ। ZUS डाटा अनुसार नेपालीहरुको पनि दर्ता संख्या ८ औ नम्बरमा देखिएको छ।


हालैको विवरण अनुसार पोल्याण्डमा काम गर्ने र ZUS मा बीमा दर्ता भएका विदेशीहरूमध्ये प्रमुख १० देश यस प्रकार रहेका छन्:

  1. युक्रेन – 857058
  2. बेलारुस – 138730
  3. जर्जिया – 25989
  4. भारत – 25144
  5. कोलम्बिया – 19542
  6. फिलिपिन्स – 15490
  7. मोल्डोभा – 13996
  8. नेपाल – 13063
  9. भेतनाम – 12210
  10. रसिया – 11970
    कुल पुरुषको दर्ता भने महिलाको तुलनामा धेरै रहेको देखिन्छ जसको कुल संख्या ११,००३ रहेको छ अनि उमेरको हिसाबले सबैभन्दा धेरै दर्ता २५–२९ वर्ष समूहको रहेको छ जसको कुल संख्या २,९१८ जना त्यस्तै गरि दोस्रो स्थान ३०–३४ वर्ष २,८६० जना र तेस्रो स्थान ३५–३९ वर्ष – २,१४२ जना रहेको तथ्यांकले देखाएको छ।

  11. याद गर्नु पर्ने कुरा के छ भने ZUS दर्ता भन्नाले कानुनी बसाइको पूर्ण प्रमाण भने होइन। ZUS मा दर्ता भएका व्यक्तिहरू वैध work contract (umowa o pracę / zlecenie) मा काम गरिरहेका हुन सक्छन् तर यसको अर्थ अनिवार्य रूपमा TRC (Karta Pobytu) पाइसकेका वा पाउदै छन् भन्ने होइन वा लामो समयको वैध बसोबास अनुमतिपत्र छ भन्ने पनि होइन।
Share
Scroll to Top