रोजगारीको सिलसिलामा क्रोएशियामा कार्यरत एक नेपाली युवतीको दुःखद निधन भएको छ। धादिङ जिल्ला, नेत्रावती डबजोंग गाउँपालिका वडा नं. ३ (साबिक सेम्जुङ) निवासी आनन्दी वाइबाको अप्रिल ४ शनिबार बिहान आफ्नै होस्टेलको बाथरूममा आत्महत्या गरेको खबर प्राप्त भएको छ।
सो घटनाले मृतकका परिवारजन, आफन्त तथा सम्पूर्ण इष्टमित्रहरूलाई स्तब्ध बनाएको छ। वैदेशिक रोजगारीका लागि विदेश पुगेकी युवतीको अल्पायुमा भएको असामयिक निधनले नेपाली समुदायमा समेत गहिरो शोक छाएको छ।
परिवार स्रोतका अनुसार आनन्दी वाइबा क्रोएशियामा केही समयदेखि कार्यरत थिइन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
