पोखरामा बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु ,अन्य घाइतेको उपचार हुँदै

पोखरा महानगरपालिका वडानंबर २८ कालिकामा स्कुलबस दुर्घटना हुँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । पोखरा-२८ को माझथानाबाट ट्युसन पढ्ने बिद्यार्थी बोकेर गुडिरहेको ग २ ख १४१७ नम्बरको बस स्कुलबस ओख्ले भीरमा दुर्घटना भएको हो। 

दुर्घटनामा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

Share
Scroll to Top