धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् ।
हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममायाको हत्या गरेका हुन् । प्रहरीका अनुसार, यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् ।
प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनी जेन जी आन्दोलनमा प्रहरीलाई ‘आफ्नो आमाबुबाबारे सोच्नोस,देशका लागि लड्छु’भन्दै प्रहरीसँग बाझेका थिए ।
