जेनजी युवाहरूको रास्ट्रपति भवन अगाडि नाराबाजी

राष्ट्रपति भवन शितल निवास अगाडी जेन—जी युवाहरुले नाराबाजी गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन्। राष्ट्रपति पौडेलले शनिवार जेन—जी युवाहरुसँग छलफल गर्न बैठक बोलाएकोमा सहभागी हुन शितल निवास प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन्। नाराबाजी गर्ने युवाहरुले वास्तविक जेनजीलाई बाहिर राखेर हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शितल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन्। जेन—जी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेन—जी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताए।

सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन राष्ट्रपति पौडेल आफैँ सक्रिय भएका छन्। राष्ट्रपति पौडेलले शुक्रवार राजनितिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुसँग छलफल गरेका छन्। राजनितिक दलका नेताहरुको छलफलपछि राष्ट्रपति पौडेलले शनिवार जेनजीका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाउनुभएको थियो। तर शनिवारको छलफललाई सोमवारसम्मको लागी सारिएको छ।

स्रोत:न्युज एजेन्सी ,नेपाल

Share
Scroll to Top