अबको केही घण्टा भित्रै हमासले सबै बन्धकलाई रिहा गर्ने:इजरायली प्रवक्ता

इजरायली सरकारकी प्रवक्ता शोश बेड्रोसियनले तेल अभिभमा भएको पत्रकार सम्मेलनमा ‘केही घण्टाभित्रै सबै बन्धकहरूको रिहाइ’ हुने बताएकी छन् । उनले इजरायल शनिबार रातिदेखि नै आफ्ना बन्धकहरूलाई स्वागत गर्न तयार रहेको बताइन् ।


बेड्रोसियनका अनुसार इजरायलले जीवित रहेका २० जना बन्धकहरूलाई सोमबार बिहानै रेड क्रसलाई हस्तान्तरण गरिने अपेक्षा गरेको छ । त्यसपछि उनीहरूलाई सीमा पार गराएर रेईम सैन्य अड्डामा लगिनेछ । मृत्यु भएका बन्धकहरूको शवलाई इजरायली झण्डामा बेरेर शवपेटामा राखी पहिचानका लागि फोरेन्सिक संस्थानमा लगिनेछ ।

युद्धविराम सम्झौताको एक भागको रूपमा, इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका २५० प्यालेस्टिनी कैदीका साथै अक्टोबर ७, २०२३ पछि पक्राउ परेका १,७२२ गाजाका बन्दीहरूलाई रिहा गर्न सहमति दिएको छ ।

स्रोत:न्युज एजेन्सी ,नेपाल

Share
Scroll to Top