पोर्चुगलमा श्रम संस्कृति पार्टीको शाखा गठन हुने,इच्छुकलाई सहभागिताका लागी अनुरोध

हाम्रो धर्ती, हाम्रो आकाश, हाम्रै परिवेश – श्रम गरौं, सबै मिली, बनाऔं यो देश” भन्ने मुल भावनाका साथ धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको पोर्चुगल शाखा गठन हुने भएको छ ।

उक्त पार्टीको पोर्चुगल शाखा गठनका लागि जनवरी ११ तारिख आइतबार भेला आयोजना गरिएको छ । भेला लिस्बनस्थित मण्डला रेस्टुरेन्ट आरोइसमा दिनको चार बजे हुने जनाइएको छ। पार्टीमा गोलबन्द हुनको लागि प्रवासी नेपालीहरुलाई एक सूचना मार्फत अनुरोध समेत गरिएको छ।

Share
Scroll to Top