काठमाडौंमा पोर्चुगलको कन्सुर कार्यालय खोल्न नेपाल सरकारको अनुमती,धेरै नेपालीहरु दिल्ली धाउने सास्तीबाट मुक्त हुने अपेक्षा

काठमाडौंमा पोर्चुगलको कन्सुर कार्यालय खोल्न नेपाल सरकारको अनुमती दिएको छ।यो निर्णयले ,धेरै नेपालीहरु दिल्ली धाउने सास्तीबाट मुक्त हुने अपेक्षा गरिएको छ।

बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

नेपाल सरकारको पछिल्लो निर्णयलाई नेपाल–पोर्चुगलबीच पछिल्ला वर्षमा तीव्र रूपमा विस्तार हुँदै गएको कूटनीतिक सम्बन्धको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी पोर्चुगलमा नेपाली नागरिकको संख्या बढ्दै गएको तथा दुई देशबीच श्रम, पर्यटन, लगानी, व्यापार, पारिवारिक पुनर्मिलन  र जनस्तरको सम्बन्धमा  सहज  र थप प्रभावकारी हुने अपेक्षा गरिएको पोर्चुगल लामो समयदेखि सामाजिक रूपमा नेतृत्व गरिरहेका एनआरएनए युरोप उपसंयोजक राजकुमार थापाले बताए ।

कूटनीतिक सम्बन्धमा नयाँ चरण

नेपाल र पोर्चुगलबीचको सम्बन्ध पछिल्लो समय उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक सम्पर्कका कारण थप सक्रिय बनेको छ। सन् २०१८ मा स्थापना भएको नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रअन्तर्गत पहिलो बैठक सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न भएको थियो। उक्त बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै पर्यटन, लगानी, व्यापार, श्रमलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

त्यसैगरी, अप्रिल २०२६ मा पोर्चुगलका उपविदेशमन्त्री डा. आना इसाबेल जेभियरको नेपाल भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेलबीच भएका छलफल तथा सम्पर्कलाई पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण घटनाका रूपमा लिइएको छ।

सो अवसरमा पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कूटनीतिक नियोग खोल्ने घोषणा गरेको जानकारी नेपाल परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो। नेपाल सरकारले त्यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको थियो।

Share
Scroll to Top