अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी दिएका हुन्
‘मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन।’ उनले फेसबुकमा लेखेका छन्, टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो यहाँ रहन योग्य छन्।’
२० वर्ष लामो आफ्नो खेल जीवनको स्मरण गर्दै उनले आफूलाई माया गर्ने समर्थक, परिवार, प्रशिक्षक र साथीहरूलाई धन्यवाद दिएका छन्। उनले अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु र देशलाई सफलता दिलाउन पाउनु आफ्नो लागि सधैं गर्वको विषय रहेको बताएका छन् ।
‘यी २० वर्षमा तपाईंहरूले दिनुभएको सम्पूर्ण मायाका लागि धन्यवाद। टोलीभित्रबाट तपाईंहरूको समर्थन र आवाज सुन्ने कुरा म धेरै सम्झनेछु। अब म तपाईंहरूमध्ये एक हुनेछु—बाहिरबाट सधैं अर्जेन्टिनाको समर्थन र हौसला बढाइरहनेछु, राम्रो समयमा पनि र खराब समयमा झन् बढी।’ उनले लेखेका छन, सधैं मेरो साथमा रहनुभएको र यो सुन्दर तर कठिन यात्रामा मलाई साथ दिनुभएको मेरो परिवारलाई धन्यवाद। मैले सँगै काम गर्ने अवसर पाएका प्रत्येक प्रशिक्षक, सहकर्मी खेलाडी र पदाधिकारीहरूलाई पनि धन्यवाद। म आफूसँग अविस्मरणीय सम्झना र जीवनभर नबिर्सने क्षणहरू लिएर जाँदैछु।’
उनले आफ्नो बुबासँग जोडिएको हालैको घटनाले सन्यास लिने निर्णयमा आफूलाई झन् दृढ बनाएको उल्लेख गरेका छन्। ‘अब म मैदान बाहिरबाट टोलीको समर्थक बनेर बस्नेछु,’ उनले लेखेका छन्।
मेसीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०१४, २०२२ र २०२६ को फिफा विश्वकप फाइनल खेलेको थियो । सन् २०१४ र २०२६ मा उनले उपाधि जित्न सकेनन् । मेसीले २०१४ र २०२२ मा गोल्डेन बल जितेका थिए ।
आठ पटकको बालोन डी’ओर विजेता मेसीले व्यावसायिक करिअरलाई भने केही वर्ष निरन्तरता दिनेछन् । उनी अहिले मेजर लिग सक्कर क्लब इन्टर मियामीमा आबद्ध छ ।
